इलाम । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किने भएका छन् ।
असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल आज दिउँसो काठमाडौं आइपुग्ने छन् ।
नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो ।