इलामका ८१ वडा मध्ये यि वडाहरु संक्रमणको जोखिममा ?

  आवाज संवाददाता


इलाम । इलाममा सोमबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हुन त सार्वजनिक विदाको दिन परीक्षण साखै नहुँने भएर पनि संक्रमितको संख्या कम देखएको हो । आइतबार ५९ जना तर, पछिल्लो हप्ता इलाममा तुलनात्मक रुपमा संक्रमण कम देखिएको छ ।
इलाममा केही समययता कोरोना संक्रमणको दर घट्दै गएको छ ।

इलामका ८१ वडा मध्ये १४ वटा वडामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । इलाम नगरपालिकाको दुईवटा वडा, सुर्योदय नगरपालिकाको एउटा वडा, देउमाईको एउटा वडामा कोभिडका सक्रिय संक्रमित छैनन् । त्यस्तै सन्दकपुर गाउँपालिकाको दुुईवटा वडा, माईजोगमाईको एउटा वडा, रोङ गाउँपालिकाको दुईवटा वडा, फाकफोकथुको दुईवटा वडा र माङसेबुङ्ग गाउँपालिकाको पाँचवटा वडामा कोरोनाको संक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिलेसम्मको सक्रिय संक्रमितको आधारमा इलामको माङसेबुङ्ग गाउपालिका बाहेक अन्य सवै पालिमा उच्च जोखिममा नै छन् । ति पालिकाहरुमा मिक्स तरिकाको लकडाउन गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्का बताउँछन् । ‘माङसेबुङ्गको अहिलेको अवस्थालाई कायम राख्दै थपमा संक्रमण फैलिनबाट रोक्न सकियो भने माङसेबुङ्ग जोखिम रहितनै छ’, प्रजिअ खड्काले भने,‘स्वास्थ्यको मापदण्ड पालना भए जटिलता हुने अवस्था छैन ।’ माङसेबुङ्गमाा अहिले जम्मा दुईवटा वडामा ६ जना मात्रै सक्रिय संक्रमित छन्, पाँच वटा वडामा सक्रिय संक्रमित छैनन् ।

इलामका अन्य नौ स्थानीय तह भने कोरोनाको उच्च जोखिमानै रहेको छन् । ८१ मध्ये २१ वटामा अहिलेपनि १० जना भन्दा बढि सक्रिय संक्रमित छन् । दश जना मन्दा बढि सक्रिय संक्रमित रहेको वडालाई उच्च जोखिम भएको वडाको रुपमा लिइने गरेको छ । कतिपय वडामा सक्रिय संक्रमितको संख्या ४६ जना सम्म छ । इलाम नगरपालिका ७ मा ४६ जना सक्रिय संक्रमित छन् । इलाम नगरपालिकाको वडा नम्बर ४ देखि ९ नम्बर वडामा सक्रिय संक्रमितको संख्या दश भन्दा बढि छ । त्यस्तै सूर्योदयको ८, ९ र १० मा सक्रिय संक्रमितको संख्या दशभन्दा बढि छ, मााईको २, ३, ४ र ५, सन्दकपुरको वडा नं. ३, माईजोगमाईको वडा नं. ३, रोङको ५ र ६, फाकफोकथुमको १ र ७ मा १० जना भन्दा बढि सक्रिय संक्रमित छन् । १० भन्दा बढि सक्रिय संक्रमित हुने वडाहरु प्राय बजार क्षेत्र र पालिकाको केन्द्रहरु हुन् । मानिसको आवागमन बढि हुने क्षेत्रमा सक्रिय संक्रमितको संख्या कम नहुँदा इलाममा कोभिडको जोखिम टरेको छैन । अहिले.पनि इलाममा २७.७३ प्रतिशत कोरोनाको संक्रमण दर छ ।

तर, सोमबार इलाममा बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसीएमसी)को बैठकले जनजीवनलाई सहज बनाउनुपर्ने भन्दै निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने सिफारीस गरेको छ । सरकारी र सार्वजनिक क्षेत्रको सेवालाई खुकुलो पर्नुपर्ने, यातायत तथा अन्य व्यवसायलाई समेत निश्चित समयावधी तोकेर सञ्चालन गर्ने व्यस्था मिलाउनुपर्ने डिसीएमसीले सिफारीस गरेको हो । मानिसहरुको भीडभाड हुने र अन्यावश्यक सेवा क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई भने तत्काल खुला गर्न नहुने सुझाव छ । प्रमुख जिल्ला अधिकारीले यस अघि जारी गरेको निषेधाज्ञाको समयसीमा मंगलबार सकिदैछ । मंगलबार प्रजिअ खड्काले निषेधाज्ञा सम्बन्धी नयाँ आदेश जारी गर्नेछन् । सोही आदेश मार्फत निषेधाज्ञालाई खुकुलो बनाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार