इलाम । पहिलो डोज खोप लगाएका नागरिकलाई इलाममा आजदेखि दोस्रो डोज कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ ।
पाँच स्थानीय तहमा भदौ १५ गतेबाट र पाँच स्थानीय तहमा भदौ १६ गतेबाट खोप अभियान सञ्चालन गरिनेछ । देउमाई नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने छन । १५ र १६ गते कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथीको जेष्ठ नागरिकलाई खोप दिइने छ । त्यस्तै १९ र २० गते भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिइदैछ । त्यस्तै १७ गते विश्वविद्यालय तहको परिक्षामा सामेल हुने विद्यार्थीको लागि प्रवेश पत्रको आधारमा खोप दिइने भएको छ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा भने १६ गतेबाट खोप लगाइने छ । यि पाँच पालिकामा १६ र १७ गते कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाइने छ । त्यस्तै १९ र २० गते भेरोशिलको पहिलो डोज लगाएकाहरुलाई खोप लगाइने भएको छ भने २१ गते विश्व विद्यालय स्तरको परिक्षामा सामेल हुने परिक्षार्थीलाई खोप लगाइने स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले जानकारी दिए ।