जनकल्याण सामुदायिक पुस्तकालयले मनायो पुस्तकालय दिवश

  आवाज सम्वाददाता


इलाम । जनकल्याण सामुदायिक पुस्तकालय बरबोटे इलामले वैदेशिक रोजगारमा जान लागेका युवाहरुसँग अन्तक्र्रिया गरेर १४ औं पुस्तकालय दिवश मनाएको छ।

कार्यक्रममा वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रक्रिया र अपनाउनु पर्ने सजगताको विषयमा सामी परियोजना इलामका संयोजक इश्वरी तामाङ्गले सहजीकरण गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेका, रोजगारीबाट फर्केर व्यवसाय गर्दै आएका २५ जनाको सहभागिता थियो ।

कार्यक्रममा पुस्तकालयका असल पाठकहरु मध्ये एक जनालाई पुरस्कृत गरिएको थियो । पुस्तकालयका नियमित पाठक इलाम नगरपालिका वडा नं. ५ का युवा शेखर निरौलालाई प्रंसशा पत्र प्रदान गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, अमर माविका प्रअ सोमनाथ निरौलालगायतले शुभकामना मन्तब्य राखेका थिए । पुस्तकालय सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा पुस्तकालयका सदस्य सागरमणि घिमिरेले स्वागत गरेका थिए ।

हरेक भदौं १५ गते पुस्तकालय दिवश मनाउने गरिएको छ । यस वर्षको पुस्तकालय दिवशको नारा ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ रहेको छ ।

रिड नेपालकाे सहयाेगमा पुस्तकालयले वैदेशिक राेजगार सम्बन्धी सूचना दिने उद्देश्यले दियाे परियाेजना सञ्चालन गरिरहेकाे छ । युवाहरुलाई स्वदेशमै राेजगार गर्न प्रेरित गर्ने तथा वैदेशिक राेजगारीमा जानेहरुलाई उपयुक्त सूचना र परामर्श दिने उद्देश्यले दियाे परियाेजना सञ्चालन गरिएकाे पुस्तकालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार