नगरले गाई खरिदका लागि किसानलाई साढे २७ लाख अनुदान दियो

  आवाज स‌वाददाता

किसानहरुलाई अनुदानको रकम नगदै हस्तान्तरण गर्दै ५ नं. वार्डका वडाध्यक्ष तथा प्रवक्ता ठाकूरनारायण श्रेष्ठ

इलाम।इलाम नगरपालिकाले नगरका ११ वटा वडाका एक सय १० जना किसानलाई २७ लाख ५० हजार बराबरको गाई पालनका लागि अनुदान दिएको छ ।

नगरको बजार क्षेत्रमा पर्ने ७ नम्बर वडाबाहेक ११ वटा वडाहरुमा १०÷१० जनाको दरले किसानहरुलाई ५० प्रतिशतको दरले अनुदान दिइएको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । किसानहरुले कम्तिमा ५० हजारको गाई खरिद गर्नुपर्ने र त्यसको ५० प्रतिशतले हुन आउने रकम २५ हजार नगरपालिकाले किसानलाई प्रदान भुक्तानी गरेकाे पनि उनले बताए ।

दुग्ध उत्पादनलाई व्यवसाययिक बनाउनका लागि किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको हो । किसानले गाई खरिद गरेर बिमा समेत गरेपछि नगरपालिकाले अनुदान रकम किसानलाई दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार