निषेधाज्ञा खुकुलो बनाउँदै प्रशासन

  आवाज स‌‌म्वाददाता

कोभिड संक्रमण नियन्त्रणका लागि गएको वैशाख २८ यता जारी निषेधाज्ञालाई प्रशासनले क्रमशः खुकुलो बनाउन थालेको छ । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले मंगलबार एक आदेश जारी गरि आगामी भदौ २५ सम्म निषेधाज्ञा कायम राखिए पनि केही खुकुलो भएको जनाएका छन् ।
जारी आदेशमा खाद्यान्न, तरकारी, मासु, दुग्धडेरीलगायतका पसलहरुलाई दिउसो १ बजे सम्म सञ्चालन हुन दिने उल्लेख गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै औषधी, स्वास्थ्य सामग्री सम्बन्धी पसल, बीउविजन, कुखुराको चल्ला, आहारा पसल, पेट्रोल पम्प, मोटर साइकल वर्कसपहरु स्वास्थ्य मापदण्ड अपनाएर नियमित सञ्चालन हुन दिने उल्लेख गरिएको छ ।
यस्तै होटलका कोठाहरु नियमित रुपमा निसंक्रमण गरि सञ्चालन गरिने जनाइएको छ । यी क्षेत्रहरुको नियमित अनुगमन गरिने पनि जनाइएको छ । प्रजिअद्धारा जारी आदेसमा सार्वजनिक तथा निजी सवारीमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नै, चालक–सहचालकले अनिवार्य मास्क, पन्जा र भाइजर प्रयोग गर्नुपर्ने, सवारी साधनलाई पटकै पिच्छे निसंक्रमण गर्नुपर्ने, चारपाङ्ग्रे सवारी जिरो किलोमिटर, धोबीधारा र टुडीखेल भन्दा बाहिर पार्किङ गर्नुपर्ने उल्लेख गरिएको छ ।

       यस्तै संक्रमणको अवस्था हेरेर जुनसुकै समयमा पुनरावलोकन हुन सक्ने पनि उल्लेख छ । अत्यावश्वक सामग्रीको कृत्तिम अभाव देखाउने र मुल्य वृद्धि गर्नेलाई कानून अनुसार कार्वाही हुने पनि उल्लोख गरिएको छ ।
आदेशमा सरकारी र अन्य सेवा तर्फ सरकारी, सार्वजनिक संस्थान, स्थानीय तहहरु, बैंक तथा वितीय संस्था, तथा बिमा कम्पनीहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुन दिने उल्लेख छ । मालपोत, नापी लगायतका कार्यालयको सेवा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुचारु हुने जनाइएको छ ।
तर, मेला, जात्रा, खेलकुद, साप्ताहिक हाट तथा घर–घरमा गएर गरिने बचत संकलन कार्यलाई भने निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार