बुधबार इलाममा १६ जनामा कोभिड संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको तथ्याकं अनुसार इलाम नगरपालिकामा ८ जना, सूर्योदयमा ३ जना, माई नगरपालिकामा १, रोङमा ३ जना, चुलाचुलीमा १ जना गरि जम्मा १६ जनामा कोभिड संक्रमित भएका हुन् ।
बुधबार कोभिडका कारण इलाममा इलाम नगरपालिका– ६ का २७ वर्षीय एक युवा र इलाम नगरपालिका–७ का ५७ वर्षीय एक पुरुषको मृत्यु भएको छ । हाल सम्म कोभिडबाट जिल्लामा ५ हजार १५१ संक्रमित भइसकेका छन् ।
ती मध्ये ४ हजार ५६४ जना निको भइसकेका छन् भने ११८ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा ४५५, सामान्य उपचारमा ७, आइसियुमा ७ जना रहेका छन् । कोभिडबाट जिल्लामा एक देखि १८ वर्ष उमेर समुहका ७०७ जना बालबालिका संक्रमित भइसकेका छन् ।