पूर्वीनाकाबाट मुसुरो दालको निर्यात ओरालाे

  आवाज स‌‌म्वाददाता

सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चारवर्ष यता क्रमश ओरालो लाग्दैं गएको छ ।

सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ ।

तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यपार खासै सन्तोषजनक नरहेको बताइएको छ । पूर्वी काँकरभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ चारवर्षको अवधिमा क्रमस घट्दो क्रममा रहेको सरकारी तथ्याङ्क छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा काँकरभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ वा ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । आर्थिक वर्ष २०७६/०७७ मा ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा मसुरो दालको निकासीमा केही बृद्घि भएपनि आर्थिक वर्ष २०७६÷०७७ मा निकासी हवात्तै घट्ेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १ अर्व ४१ करोड १ लाख २० हजार रुपैयाँ मुल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन दाल बंगलादेश निकासी गरेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसुरो दाल बंगलादेश निर्यात भएको थियो । पूर्वाञ्चल दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार