काजक्रिया गर्न माई नगरपालिकाकाे आर्थिक सहयाेग

माई । आर्थिक अबस्था कमजोर भएकी परिवारकी अभिभावक एक महिलाको निधन भएपछी उनको काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
माई-४ शुक्रबारेकी ५० बर्षिया पबित्रा न्यौपानेको गत आइतवार निधन भएपछि उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको तर्फबाट प्रमुख दिप कुमार थेवेले आर्थिक सहयोग गर्नु भएको हो।  मेयर थेबेले न्यौपानेको घरमै पुगी नगद ३० हजार प्रदान गरेका हुन् ।
परिवारकै संरक्षक न्यौपानेको गत आइतवार दम रोगका कारण निधन भए पछी उनका छोराछोरीहरु काजक्रिया गर्न आर्थिक समस्यामा पर्दै आएका छन्  । मृतक न्यौपानेका श्रीमानको पनि ५ बर्ष अघि निधन भए पछी पबित्राले जेनतेन परिवारको हेरचाहा गर्दै थिइन्।
न्यौपाने ‌ परिवारमा ३ जना अशक्त र बाल्य अबस्थाका छोराहरु र विवाह भएर गएका ४ छोरीहरुले अहिले काजक्रिया गरि रहेका छन्।  गत बर्ष पनि न्यौपाने बिरामी हुँदा स्थानीय शुक्रबारेबासीले आर्थिक सहयोग गरी उपचार गरेका थिए ।यो सहयोगले बिपन्न परिवार ले सरकार भएको मह्सुस भएको स्थानीयले  बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार