पिकअपको ठक्करबाट बालकको मृत्यु

  आवाज स‌‌म्वाददाता

इलाम । झापा कमल गाऊपालिका ५ आदिबासी रङशाला अगाडी पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ इश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् ।

आज दिउँसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार