मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।