साईकल यात्रीको मृत्यु

  आवाज संवाददाता

झापा ।झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व-पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ -०३-००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ बर्षीय प्रबिन लामा ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार