नगर युवा परिषद् वैठक सम्पन्न

  आवाज स‌‌म्वाददाता

स्थानीय सरकारअन्तर्गतको इलाम नगरपालिकाको नगर युवा परिषद्को पहिलो बैठक आइतबार सम्पन्न भएको छ । इलाम नगर युवा परिषदका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको बैठकमा ५ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

      जसमा उपाध्यक्षमा बिनोद न्यौपाने ,सचिबमा बिशाल कार्की ,सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ रहेका छन् । यसका साथै बैठकले विभिन्न ४ वटा विभाग समेत गठन गरेको छ । जसमा खेलकुद विभागमा सुनिल दास, स्वयम्सेवक विभागमा सुशान्त चापागार्इं, प्रचारप्रसार बिभागमा निकेश काफ्ले र सांस्कृतिक विभागमा शिशिर काफ्ले रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार