सूर्योदयका एमालेले जितेका १० मध्ये ९ वडाध्यक्ष समाजबादीमा

  आवाज स‌‌म्वाददाता

सूर्योदय नगरपालिकामा नेकपा एमालेले जितेका १० वडामध्ये नौ वडाध्यक्ष नेकपा समाजबादी केन्द्रमा हस्ताक्षर गरेका छन् । सूर्योदयका १४ वडामध्ये एक, चार, पाँच, छ, आठ,नौ, दश, एघार र १२ का वडाध्यक्षहरू नेकपा एकीकृत समाजबादीमा सनाखत गरेका छन् ।
सूर्योदय नगरपालिकाका वडा न‍‍ २ चन्द्रकुमार सुब्बा, वडा नं.४ का वडाध्यक्ष मधुसुदन लामिछाने, वडा नं.५ का वडाध्यक्ष प्रेमबहादुर तामाङ, वडा नं. ६ का वडाध्यक्ष शिवकुमार बस्नेत, वडा नंं ८ का वडाध्यक्ष सुभासकुमार राई, वडा नं.९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामा, वडा नं. ११ का वडाध्यक्ष टेकबहादुर राई र वडा नं.१२ का वडाध्यक्ष डोलेन्द्र भारद्वाज समाजबादीमा सनाखत गरेका हुन् ।
यस्तै, एमालेबाट जितेका वडा नं. ३ का वडाध्यक्ष होमबहादुर कार्की र नगर उपप्रमुख दुर्गादेवी भट्टराई एमालेमै रहेका छन् । यस्तै, सूर्योदयका ४२ जनप्रतिनिधि समाजबादीमा हस्ताक्षर गरेका हुन् । नेकपा समाजबादी केन्द्रले यो संख्या बढ्न सक्ने जनाएको छ । नयाँ पार्टी रोज्नका लागि भोलिसम्म म्याद रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार