तीन पालिकाका एक÷एक वडा सदस्य समाजवादीमा

  आवाज स‌‌म्वाददाता

इलाम ।  नेकपा एमालेको फुटको असर इलाममा पनि परेको छ । एमालेबाट निर्वाचित प्रतिनिधिहरू नयाँ दल रोज्न थालेका छन् । नेकपा एकीकृत समाजबादी केन्द्र रोज्न कुनै पालिकाबाट धेरै प्रतिनिधि देखिएका छन् भने कुनै पालिकामा एक जना प्रतिनिधि पनि देखिएका छैनन् । नयाँ दल रोज्ने मिति रहेकाले समाजबादी बढ्न सक्ने सम्भावना छ ।

       इलाममा इलाम नगरपालिकाका एक, देउमाई नगरपालिकाका, सन्दकपुर गाउँपालिकाका एक÷एक वडा सदस्य नयाँ पार्टीमा खुलेका हुन् । नयाँ पार्टी रोज्नेमा देउमाई नगरपालिका वडा नं. ९ का हेमराज लिम्बू, इलाम नगरपालिका वडा नं. १ का टेकबहादुर कटुवाल,सन्दकपुर गाउँपालिका वडा नं. ३ का हरि लुङगेली रहेका छन् । यस्तै, माङ्सेबुङ गाउँपालिकाबाट वडा सदस्यमा निर्वाचित पूर्णबहादुर बस्नेत पनि गाउँपालिकाबाट समाजबादी प्रवेश गर्ने एक्ला जनप्रतिनिधि हुन् । उनी जिल्ला समन्वय समिति सदस्य समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार