इलाममा नेकपा एस रोज्ने जनप्रतिनिधि ५८ पुगे (नामावलीसहित)


इलाम । दल विभाजन सम्बन्धी अध्यादेशले जनप्रतिनिधिहरुलाई दल रोज्न पाउने समय सीमा तोकेको अन्तिम दिन मंगलबारसम्म इलामका ५८ जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन् ।

सोमबार ५७ जना जनप्रतिनिधिले समाजवादीमा रहन निर्वाचन कार्यालय इलाममा सनाखत गरेका थिए । आज सूर्योदय नगरपालिका वडा नं. १२ को एक सदस्यले सनाखत गरेपछि समाजवादी राज्नेको संख्या ५८  पुगेको हो ।

समाजवादीमा खनाखत गर्नेहरुमा सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई सहित ९ जना वडाध्यक्ष र ३३ जना सदस्य रहेका छन् । त्यसरीनै माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई सहित एक जना वडाध्यक्ष र ७ जना सदस्य रहेका छन् । यसरीनै सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिकाका एक एक जना सदस्यहरुले समाजवादी रोजेका छन् । यसरीनै जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराइली र सदस्य पूर्णबहादुर बस्नेतले पनि समाजजादी रोजेका छन् । यसअघिनै इलाम क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद झलनाथ खनाल र प्रदेश सांसद खिनु लङवाले समाजजादी रोजेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचन इलामको १० स्थानीय तहमा नेकपा एमालको तर्फबाट ७ सात प्रमुख, ९ उपप्रमुख, ४७ वडाध्यक्षसहित ३०९ जना निर्वाचित भएका थिए ।

नेकपा एकिकृत समाजजादी राज्ने जनप्रतिनिधिहरुः

१. चित्रकला बराइली–जिल्ला समन्वय समिति उपप्रमुख
२. पूर्णबहादुर बस्नेत -जिल्ला समन्वय समिति सदस्य
३. जीतबहादुर राई -माइजोगमाई गा.पा. अध्यक्ष
४. रणबहादुर राई -सूर्योदय न.पा. प्रमुख
५. नरमाया मुखिया- सूर्योदय न.पा. कार्यपालिका सदस्य
६. वीरबहादुर लाप्चा -सूर्योदय न.पा. कार्यपालिका सदस्य
७. शशीकला लाप्चा -सूर्योदय न.पा. कार्यपालिका सदस्य
८. सोनाम छिरिङ लामा -सूर्योदय न.पा. कार्यपालिका सदस्य
९. टेकबहादुर कटुवाल- इलाम न.पा. वडा सदस्य १
१०. हेमराज लिम्बू -देउमाई न.पा. वडा सदस्य
११. टीकाबहादुर खत्री -माइजोगमाई गा.पा. वडा सदस्य
१२. राजकुमार राई -माइजोगमाई गा.पा. वडा सदस्य
१३. मनबहादुर वेगा -माइजोगमाई गा.पा. वडा सदस्य
१४. मनकुमारी लिम्बू -माइजोगमाई गा.पा. वडा सदस्य
१५. विष्णु माया राई -माइजोगमाई गा.पा. वडा सदस्य
१६. रेणुका खाती -इलाम माइजोगमाई गा.पा. वडा सदस्य
१७. देवी प्रसाद खरेल -माइजोगमाई गा.पा. वडा सदस्य
१८. महानन्द अधिकारी -रोङ गा.पा. वडा सदस्य
१९. हरिबहादुर लुङ्गेली -सन्दकपुर गा.पा. वडा सदस्य
२०. सूर्यकुमारी राई -सूर्योदय न.पा. वडा सदस्य
२१. सचेन राई -सूर्योदय न.पा. वडा सदस्य
२२. जय कुमार राई -सूर्योदय न.पा. वडा सदस्य
२३. विरबहादुर भुजेल -सूर्योदय न.पा. वडा सदस्य
२४. कालिका राई -सूर्योदय न.पा. वडा सदस्य
२५. लालबहादुर राई -सूर्योदय न.पा. वडा सदस्य
२६. मनबहादुर राई -सूर्योदय न.पा. वडा सदस्य
२७. लिलादेवी रसाइली -सूर्योदय न.पा. वडा सदस्य
२८ डिल्ली प्रसाद आचार्य -सूर्योदय न.पा. वडा सदस्य
२९ उदाई लावती -सूर्योदय न.पा. वडा सदस्य
३०. मित्रकुमार राई -सूर्योदय न.पा. वडा सदस्य
३१. सीता राम रेग्मी -सूर्योदय न.पा. वडा सदस्य
३२. हरि माया दर्जी -सूर्योदय न.पा. वडा सदस्य
३३. विमला विसुन्के -सूर्योदय न.पा. वडा सदस्य
३४. सुरेन्द्र गोले -सूर्योदय न.पा. वडा सदस्य
३५. हेमप्रसाद लिम्बू -सूर्योदय न.पा. वडा सदस्य
३६. अनिल लिम्बू इलाम -सूर्योदय न.पा. वडा सदस्य
३७. लोकनाथ नेपाल -सूर्योदय न.पा. वडा सदस्य
३८. दिलमाया गजमेर -सूर्योदय न.पा. वडा सदस्य
३९. कमल बहादुर राई -सूर्योदय न.पा. वडा सदस्य
४०. मनबहादुर लाप्चा -सूर्योदय न.पा. वडा सदस्य
४१. हिरा मोहरा दर्जी -सूर्योदय न.पा. वडा सदस्य
४२. टिकादेवी गौतम -सूर्योदय न.पा. वडा सदस्य
४३. तृष्णा लोहार इलाम- सूर्योदय न.पा. वडा सदस्य
४४. गीता विश्वकर्मा -सूर्योदय न.पा. वडा सदस्य
४५. पूर्णबहादुर राई- सूर्योदय न.पा. वडा सदस्य
४६. धनमाया लाप्चा- सूर्योदय न.पा. वडा सदस्य
४७. लोकबहादुर घिमिरे -सूर्योदय न.पा. वडा सदस्य
४८. पार्वती गजमेर -सूर्योदय न.पा. वडा सदस्य
४९. दाताराम संजेल- माइजोगमाई गा.पा. वडाध्यक्ष
५०. डोलेन्द्र भारद्वाज -सूर्योदय न.पा. वडाध्यक्ष
५१. चन्द्र कुमार सुब्बा -सूर्योदय न.पा. वडाध्यक्ष
५२. शिव कुमार बस्नेत- सूर्योदय न.पा. वडाध्यक्ष
५३. पेमा उगेन लामा -सूर्योदय न.पा. वडाध्यक्ष
५४. मधुसुदन लामिछाने -सूर्योदय न.पा. वडाध्यक्ष
५५. सुभाष कुमार राई -सूर्योदय न.पा. वडाध्यक्ष
५६. टेकबहादुर राई -सूर्योदय न.पा. वडाध्यक्ष
५७. देबेन्द्र शर्मा -सूर्योदय न.पा. वडाध्यक्ष
५८. प्रेमबहादुर तामाङ -सूर्योदय न.पा. वडाध्यक्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार