पर्याप्त निन्द्रा नलिदा स्वास्थ्यमा हुनसक्छ यस्तो हानी


स्वस्थ्य रहनका लागि कम्तीमा आठ घण्टाको निन्द्रा आवश्यक हुन्छ । यो धेरैलाई थाहा भएकै कुरा हो । तर, आठ घण्टाको निन्द्रा लिइएन भने शरीरमा के कस्ता असर पर्न सक्छ ? यसबारे भने जानकारी नहुन सक्छ । अतः यहाँ निर्धातिर समयसम्म निन्द्रा नलिदा हुने वेफाइदाहरु बताइएको छ ।
१. जब हामी सुतिरहेका हुन्छौ, हाम्रो शरीरमा केहि सकारात्मक परिवर्तन हुन्छ । यसले हाम्रो विकास, सुधार, कोशिकालाई रिल्याक्स एवं मानसिक विकास हुन्छ ।
२. यदि हामीले पर्याप्त निन्द्रा लिएनौ भने, मानसिक क्षमता र स्मरण शक्तिका लागि निकै हानिकारक हुनसक्छ । तपाईको सम्झने क्षमता कम हुन्छ । यतिसम्म कि, तपाईलाई बिर्सने बानी हुनसक्छ ।
३. तनाव वा मानसिक रोगका शिकार अक्सर त्यही व्यक्ति हुन्छन्, जो पर्याप्त मात्रामा निन्द्रा लिदैन र मस्तिष्कलाई सहि मात्रामा आरम मिल्दैन ।
४. निन्द्रा पुरा नहुदा शरीर र दिमागलाई पूर्ण रुपले आरम मिल्दैन, जसले गर्दा शारीरिक पीडा हुनसक्छ । टाउको भारी हुन्छ र चिडचिडापन हुन सक्छ ।
५. तपाईको पाचन यन्त्रमा पनि निद्राले ठूलो प्रभाव पार्छ । यदि तपाई पर्याप्त निन्द्रा लिनुहुन्न भने पाचन शक्ति कमजोर हुन्छ । पेट सफा हुँदैन र कब्जियतको समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार