इलाम। नागिरकले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त्त गर्ने अपेक्षाा गरेका थिए । तर सरकारले भने हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।
यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए।
उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो।