अखिल(क्रान्तिकारी) ईलाम को १३ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा नयन वान्तवा चयन भएका छन् । आज सदरमुकाममा भएकाे अधिवेशनबाट सर्वसहमत रुपमा वान्तवा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा चन्द्र दङ्गाल,राेशन राई,हरि खनाल, महिमा गाैतम चुनिएका छन् । नवनिर्वाचित कमिटीकाे सचिबमा प्रविन सुवेदी, सहसचिबमा शेखर तिम्सिना, समीर कुलुङ र माैसमि केरुङ्ग र काेषाध्यक्षमा चिरायु राई निर्वाचित भएका छन् । यस्तै कमिटीकाे ४३ सदस्य बनेकाे छ ।