एमालेले इलामको ९ पालिकामा प्रशिक्षण कार्यक्रम चलायो

  आवाज संवाददाता

इलाम नगरपालिकामा आयाेजित भेला

इलाम । इलामका नौं पालिकाहरुमा आज एकै साथ नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोङ गाउँपालिकामा भने जिल्ला सदस्य चन्द्र मगरको कोभिड–१९ बाट निधन भएकाले कार्यक्रम स्थगित गरिएको छ ।

माई नगरपालिकामा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य ध्रुव श्रेष्ठ र जिल्ला सचिवालय सदस्य बुद्धि खनालको समेत उपस्थिति रहेको थियो ।
एमाले माईका संयोजक मुखराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको बताइएको छ ।

यसरीनै इलाम नगरपालिकामा प्रदेश कमिटी सदस्य मणि सुब्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सपन्न भएको छ ।

सूर्याेदय नगरपालिकामा आयाेजित भेला

सूर्योदय नगरपालिकामा एमाले इलामका अध्यक्ष तथा प्रदेश सांसद राम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सांसद काजीमान कागते, सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा भट्टराई, जिल्ला सदस्य रबिन्द्र सुबेदी, नरेश तामाङको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा आठ सयभन्दा बढी कार्यकर्ताहरुको उपस्थिति रहेको जिल्ला सदस्य सुवेदीले बताए ।
यसरीनै माई जोगमाई गाउँपालिकामा एमाले इलामका सचिव तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सहसचिव उमेश गुरुङ र जिल्ला सदस्य दामोदर भट्टराईको उपस्थिति रहेको थियो ।

देउमाई नगरपालिकामा सम्पन्न भेलालाई एमालेका जिल्ला सदस्य शोभा पराजुली, राजकुमार थापा र सदस्य तथा सूर्योदय नगरपालिकाका प्रमुख सुर्य पोख्रेलले सम्बोधन गरेका थिए ।

यसरीनै माङसेबुङ्ग गाउँपालिकामा सम्पन्न भेलालाई जिल्ला सचिवालय सदस्य ओमनारायण खनाल, जिल्ला सदस्य प्रकाश अधिकारी, जयप्रकाश राई, किरण राई र इलाम नगरकमिटी सदस्य तथा इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले सम्बोधन गरेका थिए ।

सन्दकपुरमा आयाेजित भेला

सन्दकपुर गाउँपालिकामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, जिल्ला सचिवालय सदस्य एवं सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले सम्बोधन गरेका थिए ।

एमाले विभाजनपछि पहिलो पल्ट एमालले आयोजना गरेको जिल्ला ब्यापी कार्यक्रममा कार्यकर्ताको उत्साहजन उपस्थिति रहेको एमाले इलामको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार