नेकपा एसलाई जनताले पत्याउदैनन्: अध्यक्ष घिमिरे

माई । नेकपा एमालेका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका अध्यक्ष देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीलाई जनताले विश्वास नगर्ने बताएका छन् ।उनले माधव नेपाल र झलनाथ खनालप्रति जनताकाे वितृष्णा पैदा भएकाले पार्टी बिभाजन गरेको बताए ।

इलामको माई नगरपालिकामा नगर स्तरीय वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले झलनाथ र माधवलाई एमाले कार्यकर्ता लगायत आम नेपालीले पत्याउन छोडेकोले पार्टीलाई टुक्र्याएको आरोप लगाए ।

पाँच सय भन्दा बढी अगुवा कार्यकर्ताकाे उपस्थिति रहेकाे कार्यक्रममा प्रमुख अतिथि घिमिरेले माई नगरपालिका २०२८ साल देखिनै कम्युनिस्टहरुले सेल्टर लिई काम गरेको भन्दै कम्युनिस्टको रगत र पसिना जोडिएको क्षेत्रको विकास, समृद्धि र स्थायित्वका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

माधव नेपालप्रति लक्षित गर्दै घिमिरेले १६ बर्ष कम्युनिस्ट पार्टीको प्रमुख भएर कम्युनिस्ट फुटाई कमजोर बनाउने नेतालाई जनताले चिनेको र आगामी दिनमा जवाफ दिने ठोकुवा नेता घिमिरेले बताए । उनले देउवा सरकारकाे जनघाती कार्यको गोटी नेपाल र खनाल भएको आराेप लगाए । ७२ प्रतिशत नागरिक अब्यवस्थित र भूमिहीन रहेको माई नगरपालिकाका जनता लगायत देशभरका सुकुम्बासीले देउवा, माधव र झलनाथको कर्तुत थाहा पाई सकेको बताए ।

नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुब श्रेष्ठले हिजो फरक मत राखिएको भएपनि फुटमा पार्टीलाई लानु ठुलो कमजोरी भएको बताए । त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्य बुद्धि खनालले २६ बर्ष शासन गरेको काग्रेस र ४ बर्ष सत्ता चलाएको एमालेको बवकासलाई जनताले नजिकबबाट नियालेको बताए । कार्यक्रममा माई नगरपालिकाका प्रमुख दिपक थेबे,  जिल्ला कमिटी सदस्य तथा माईका उपप्रमुख बिष्णुमाया आचार्यलगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

माई नगर कमिटिका संयोजक मुखराज आङ्देम्बेको अध्यक्षता, सह संयोजक मेघनाथ गिरिको स्वागत तथा सचिब हेम बहादुर लायोको सन्चालनमा सम्पन्न बृहत अगुवा कार्यकता भेलामा बिभिन्न पार्टी परित्याग गरि एक दर्जन भन्दा बढी ब्याक्ति एमालेमा प्रबेश गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार