स‌ङ्खुवासभा नरसंहारका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

  आवाज स‌‌म्वाददाता

सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उले दिएका छन् ।शुक्रबारबाट प्रहरी नियन्त्रणमा परेका उनले शनिवार बिहान घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको भएपनि उनलाई हत्या गरेको अरुले देखेपछि घटना लुकाउन थप हत्या गरेको उनको भनाइ छ ।

मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।घटनामा परिवारका ७ जनामध्ये आँखा कम देख्ने र कम सुन्ने बोद्धमान मात्र जिवित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार