झापा । झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।