इलाम नगरपालिकामा असोज १ देखि विद्यालय सञ्चालन हुने

  आवाज स‌‌म्वाददाता

इलाम । कोभिड संक्रमणका कारण बन्द रहेका विद्यालयहरु इलाम नगरपालिकाले आगामी असोज १ गत देखि भौतिक रुपमा सञ्चालनमा ल्याउने भएको छ । सोमबार सम्पन्न नगरपालिका स्थित कार्यपालिका बैठकले कोभिड संक्रमणको अवस्था हेरेर संक्रमण न्युन भएका स्थानका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यालयका शिक्षक र सम्बन्धित वडाका जनप्रतिनिधि बीच छलफल गरेर विद्यालय सञ्चालन गर्न सकिने स्थानहरुमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए । इलाम नगरपालिकामा आधारभूत विद्यालय र माध्यमिक गरि ४९ वटा विद्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार