आर्थिक र सामाजिक तथ्याङ्क समेत समावेश हुनेगरी जनगणना हुँदै

  आवाज संवाददाता


इलाम । आर्थिक र समाजिक तथ्याङ्क समेत संकलन गर्नेगरी हुँन लागेको जनगणनाको तयारी तिब्र भएको छ । यसअघि सवैलाई जानसाङ्खिक प्रश्नावली सोधिन्थ्यो र केहिलाई आर्थिक प्रश्नावली सोधिन्थ्यो । तर, आउँदो जनजणनामा भने सवैलाई आर्थिक प्रश्नावली समेत सोधिने भएको छ । सामाजिक प्रश्नावली भने वडाको समग्र अवस्था र सुविधाको बारेमा प्रश्नावली सोधिने छन् । तथ्याङ्क संकलनको काम दुई चरणमा हुने छ । पहिलो चरणमा जनजण्नाको लागि घरघर पुग्ने सुपरिवेक्षकले २५ वटा प्रश्नावलीमा तथ्याङ्क संकलन गर्नेछन् भने गठकले भने ८० वटा प्रश्नावली सोधेर तथ्याङ्क संकलन गर्ने जिल्ला मतगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन सर्वेक्षकले घरधुरीको सूचिकरणको काम गरिनेछ भने कात्तिक २५ गतेदेखि मंसीर ९ गते भने गठकले मुख्य प्रश्नावलीको फामर भर्ने कार्यक्रम तालिका छ । सुपरिवेक्षक तालिम सकेर कामको लागि फिल्डमा खटिसकेका छन् । एक जना गणकले चार गणना क्षेत्रमा काम गर्नेछन् । १६० देखि १९० परिवारलाई एक गठना क्षेत्र कायम गरिने छ । एउटा गण्ना क्षेत्रमा भने एक गणक तथ्याङ्क संकलनको लागि परिचालन हुने छन् । तर, अहिलेसम्म गणक भने छनोट भइसकेका छैनन् । इलाम जिल्लालाई तीन सय ९७ जठना क्षेत्र कायम गरीने छ ।

यसअघि जिल्ला तहको तथ्याङ्क सार्वजनिक हुने गरेकोमा आउने जनगण्नाको तहगत रुपमानै तथ्याङ्क सार्वजनिक हुनेछ । ‘वडा तहकै सूचना आउनेगरी जनगण्ना हुँदैछ’, जिल्ला नजगणना अधिकारी खगेन्द्र कार्की भन्छन्,‘पहिले जिल्ला तहमा मात्रै पाउने तथ्याङ्क पालिका हुँदै वडासम्मको आउनेछ ।’

जनगण्नामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सूूचना संकलन रिदैछ । उनीहरुको अन्य लिङ्गिको रुपमा तथ्याङ्क संकलन हुनेछ । पाँच समुहमा रहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको भने एकमुष्ठ तथ्याङ्क मात्रै प्राप्त हुनेछ । उनीहरुको यकिन तथ्याङ्क संकलनको लागि अभियानताहरुको सक्रियता बढेको छ । पहिलेको तुुलनामा धेरै संख्या आउने अपेक्षा रहेको ब्यु डाइमण्ड सोसाइटिकी प्रतिनिधि गौरी नेपाली बताउँछिन । ‘पहिलेको तुलनामा यौनिक र लैङ्गिक अल्पसंख्यक खुल्न थालेका छन्, त्यसैले पहिलेको धेरै संख्या आउनसक्छ’, नेपाली भन्छिन्,‘समलिङ्गि र अन्तरलिङ्ग समुहलाई खुल्न चुनौती छ ।’ इलाममा नौ लाख अन्य लिङ्गि रहेको अनुुमान छ । मुलुकभर तीन सय बढिले लैङ्गिक र यौनिक अल्पसंख्यक खुलाएर नागरिकता लिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार