नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)को इलाम जिल्ला कमिटी गठन भएको छ। एमाले जिल्ला कमिटीका पूर्वउपाध्यक्ष भक्त केसीको अध्यक्षतामा नयाँ दलको जिल्ला कमिटी गठन भएको हो।
बुधबार आयोजित भेलाले जिल्ला कमिटी उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ। २ सय ५१ सदस्यीय कमिटी गठन गरिएको अध्यक्ष केसीले जानकारी दिए।