राष्ट्रिय युवा संगठनले आयाेजना गरेकाे रक्तदानमा ८८ जानले रक्तदान गरे

  आवाज संवाददाता


इलाम । सातौ संविधान दिवसको अवसर पारेर इलाम सदरमुकाममा आयोजना गरिएको रत्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय युवा संगठन नेपाल इलाम नगर कमिटिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । सदरमुकाममा संकलित रगत नेपाल रेडक्रस सोसाइटीको बिराटनगर रक्त सञ्चार केन्द्रमा पठाएको छ ।

चाडपर्व नजिकिदै गर्दा सडक दुर्घटना धेरै हुने भएकाले रगतको अभाव हुन नदिन र युवाहरुले मानवीय तथा सामाजिक त्रियाकलाप अन्तर्गत संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संगठनका इलाम इञ्चार्ज क्षवि श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार