अन्तर्राष्ट्रिय निवन्ध प्रतियोगीताको विजेता बने काठमाण्डाैंकाे संकल्प

  आवाज संवाददाता


इलाम । शहिद रत्नकुमार वान्तावाकाे जन्मजयन्तीकाे अवसर पारेर अनेरास्वबियु इलामले आयोजना गरेको अन्तराष्ट्रिय निवन्ध प्रतियोगीतामा काठमाण्डौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् ।

अनेरास्वबियुले ‘वैदेशीक शिक्षामा नेपाली युवाहरुको पलायनः समस्या र समाधान’ शीर्षकमा निवन्ध प्रतियोगीता गराएको थियो । प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीनसय पुर्णाङ्कको प्रतिष्पर्धामा उनले २३८ अंक प्राप्त गरेका थिए ।

त्यस्तै प्रतियोगीतामा खोटाङ राजापानीका केशव भण्डारी दोस्रो भएका छन् । उनले २३ हजार आठ सय रुपैयाँ प्राप्त गरेका छन् । भण्डारीले २३७ अंक प्राप्त गरेका थिए । इलामको देउमाई नगरपालिकाकी मनिषा अधिकारी तेस्रो भइन । अधिकारीले ११ हजार आठ सय रुपैयाँ पाएकी छिन् । अधिकारीले २३६ अंक प्राप्त गरेको अनेरास्वबियु इलामका संयोजक मिलन खत्रिले जानकारी दिए ।

अनेरास्वबियले सहिद रत्न बान्तवाको स्मति दिवस पारेर गत चैत २७ गते अन्तराष्ट्रिय निवन्ध प्रतियोगीताको घोषणा गरेको थियो भने संविधान दिवसको अवसर पारेर प्रतियोगीताका विजेताहरुको नाम सार्वजनिक गरेको हो । प्रतिष्पर्धीलाई निवन्ध पठाउनको लागि दुई महिनाको समय दिइएको थियो । प्रतिष्पर्धामा ४० जना सहभागी थिए । त्यसमध्ये एक जना भारतीय थिए भने विदेशमा बसोबास गर्ने चार जनाले प्रतिष्पर्धामा भाग लिएका थिए । निवन्ध प्रतियोगीतामा प्रतिष्पर्धा गर्नको लागि उमेर र भूगोलको सीमा तोकिएको थिएन । प्रतियोगीहरुले एकल या सामुहिक रुपमा समेत प्रतियोगीतामा भाग लिने पाउने व्यवस्था थियो । विद्यार्थी पलायनको विषयलाई नयाँ बहसको रुपमा स्थापित गर्न प्रतियोगीताको आयोजना गरिएको अखिल संयोजक खत्रीले बताए । ‘कामको लागि वैदेशीक रोजगारीमा जानेको चर्चा हुन्छ, राम्रा विद्यार्थी अध्यनको लागि विदेश जान्छन् त्यही सेटल हुन्छन्’, खत्रिले भने,‘राम्रो विद्यार्थीजति विदेश जाने र उही सेटल हुने भएपछि कालान्तरमा देशलाई समस्या पर्नसक्छ, यो विषयलाई डिस्कोर्सको रुपमा स्थापीत गर्ने चाहाना पनि हो ।’

अनेरास्वबियुले आयोजना गरेको प्रतियोगीतामा निवन्ध पठाउनेहरुमा कतिपय अध्यनको लागि विदेश गएकाहरु समेत छन् । कति विदेश जान चाहानेहरु छन् । अध्यनको लागि विदेशीने प्रबृतिले समस्या भइरहेको अनेरास्वबियुका केन्द्रिय सचिवालय सदस्य प्रवेश पराजुली बताउँछन् । ‘पढ्नको लागि विदेश जाने प्रचलन अहिले फेसनजस्तै भएको छ, यसले कतिपय अविभावक समस्यामा छन्,’ पराजुली भन्छन्, ‘यसमा गम्भीर बहस जरुरी छ, हाम्रो सामान्य थालनी मात्रै हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार