सामान्य तया शिक्षण सिकाई कक्षा कोठामा मात्रै हुन्छ भन्ने धेरैको बुझाई छ । तर सिकाई कक्षा कोठा बाहेक घर, बाटो, खेलकुद मैदानदेखि विभिन्न ठाउ“मा अनिविभिन्न समयमा हुने गर्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको त्रासका कारण नेपालमा विगत २० महिनादेखि शिक्षण संस्थाहरु बन्द छन् । संस्थागत विद्यालयहरुले विद्युतिय सञ्चार माध्यममार्फत भर्चुअल अनलाइन कक्षा सञ्चालन गरेका छन् । सामुदायिक विद्यालयहरुले पनि विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण सिकाइ गरिरहेका छन् । तर कक्षा कोठामा बसेर शिक्षकस“ग साक्षात्कार गर्दै सिकिरहेका विद्यार्थीहरुलाई अहिलेको अनलाइन कक्षा खासै प्रभावकारी बन्न सकेको छैन ।
पछिल्लो तथ्यांक अनुसार परीक्षाको मानसिक डरले स्कुल पढ्दा पढ्दै ५ प्रतिशत विद्यार्थीहरुले बिचमै स्कुल छोड्ने गर्छन् । केही विद्यार्थीहरु कक्षाकोठामा पढाइ लेखाइमा राम्रो हुन्छन् तर परीक्षामा उनीहरुको नम्बर कम आउ“छ । शिक्षक र अभिभावकले विद्यार्थीको मूल्यांकन उनीहरुको समग्र व्यवहारबाट भन्दा पनि लब्धांक पत्रबाट मात्रै गर्ने गरेका छन् । १ वर्ष सम्म कक्षाकोठामा सिकेको कुरा ३ घण्टामा विद्यार्थीले पुरै सम्झेर कापीमा राम्रो अक्षरले लेख्न नसकेमा ऊ शिक्षण सिकाईमा कमजोर सावित हुन्छ । तर विद्यार्थीको सिकाईको मूल्यांकन प्रत्येक मिनेट, घण्टा, दिन अनि महिनामा व्यवहारिक रुपमा पनि गर्दै जाने हो भने विद्यार्थीको वास्तविक मूल्यांकन हुन सक्छ । तसर्थ परम्परागत रुपमा गरिदैं आएको परीक्षा प्रणालीमा परिमार्जन जरुरी देखिन्छ ।
ड्रप आउट हुनेमध्ये चार प्रतिशत विद्यार्थी बहुप्रतिभाशाली हुने गर्छन् । तर हालको शिक्षा प्रणालीले उनीहरुलाई चिन्दैन । तीमध्ये अधिकाशं परीक्षाले असफल ठह¥याइएका वा तर्साइएका हुन् । स्कुल जाने विद्यार्थीलाई पनि सम्झौता गराउँदा गराउँदै हालको शिक्षा प्रणालीले भुत्ते बनाइ दिइसकेको छ । आज शिक्षाको अवस्था यस्तो छ कि, हामी परीक्षामा आउने पाठ छ भने पढ्छौं, छैन भने पढ्दैनौं । शिक्षकले पनि पढाउँदा यो परीक्षामा आउँछ अनि यो परीक्षामा आउँदैन भन्दै विभेद गरेरै पढाउँछन् । यसरी हामी परीक्षा केन्द्रित भएका छौं । किन पढ्ने भन्ने प्रश्नको उत्तर सिकाइ होइन, जीवनमा भोलि काम लाग्छ भन्ने पनि हो । हामीले यही परीक्षाकै कारण पढाउने, छलफल गर्ने, सिक्ने समय नै पाइरहेका छैनौं । जसरी पनि नम्बर ल्याउने होडबाजीमा हामीले सिक्न नै भुलेका छौं । अनि सर्टकर्ट बाटो अपनाइरहेका छौं । परीक्षाको नाममा सिकाइको यो भ्रम अनि भय अबपनि नरोक्ने हो भने यसले हाम्रो शिक्षालाई ध्वस्त पार्ने निश्चित छ ।
अर्को विचलन प्रवेश परीक्षामा छ । धेरै विद्यालय अनि केही अध्ययन संस्थाले यही परीक्षाका नाममा करोडौं असुलिरहेका छन् । एमबिबिएसकै प्रवेश परीक्षाको शुल्क प्रति विद्यार्थी पाँच हजार रुपैंया छ । मैले शुल्क तिर्न नसकेर परीक्षा नदिएका विद्यार्थीहरु भेटेको छु । अझ अब त प्रवेश परीक्षा नै फेसन पनि बनेको छ । हिजो आज एक कक्षामा भर्ना गर्दा समेत कलिला बालबालिकाले लाइन बसेर प्रवेश परीक्षा दिनुपर्ने अवस्था छ । अब लेखेर नै परीक्षा दिनुभन्दा अन्र्तवार्ता वाकुनै काम गर्न दिएर लिखित परीक्षाको विकल्प खोज्नु पर्ने भएको छ । विद्यार्थीको मूल्यांकन कक्षामा विद्यार्थीको सहभागिता, उसको काम गराइ, उसको सक्रियता, सोचको विकास, तार्किक क्षमता, सिर्जनशीलता आदिमा भर पर्छ । हामीले ती कुरा कहाँ मूल्यांकन ग¥यौं ?वर्षको अन्त्यमा केही पूर्व निर्धारित प्रश्न सोधेर तीन घण्टा लेख्नु नै मूल्यांकन हो ?होइन । त्यसैले, यो तीनघण्टे परीक्षा प्रणालीको विकल्प निरन्तर मूल्यांकन हो । एउटा विद्यार्थीको मापन विद्यालय छिरेदेखि नै हुन जरुरी छ । बच्चाको मुड, रुचि, जिज्ञासुपन, सामूहिकभाव, परियोजना कार्य सबै हेरेर विद्यार्थीको मूल्यांकन जरुरी छ ।
मूल्यांकन दुई प्रकारले गर्न सकिन्छ । पाठ्यक्रमको अन्त्यमा परीक्षा लिएर गरिने मूल्यांकनमात्रै पुर्ण रुपमा प्रभावकारी नभएपछि यो विधिको विकल्पमा विद्यार्थीको मूल्यांकन प्रत्येक पाठ वा सिकाइपछि गर्नुपर्छ । विद्यार्थीको कमजोरीबारे वर्षको अन्तिममा होइन कि शिक्षकअनि परिवारले अगाडि सिक्दै गर्दा नै पत्ता पाउने हुँदा विद्यार्थीले आफूलाई सुधार्दै अघि बढाउन सक्छन् ।
विद्यार्थीको प्रत्येक दिनको गतिविधि एउटा सफ्टवेयर बनाएर वा रेकर्ड फाइल बनाएर रेकर्ड राख्ने हो भने, वर्षको अन्तिममा उनीहरुको मूल्यांकन आफैं आउँछ । शिक्षकले त्यसमा नै विद्यार्थीको गृहकार्य, कक्षा गतिविधि, रुचि, व्यवहार, कमजोरी टिपोट गर्न सक्छन् । परीक्षाको भय पनि हुँदैन । वैज्ञानिक मूल्यांकन पनि हुन्छ ।
प्रश्नले विद्यार्थीको सिर्जनात्मकता अनि बुझाइलाई दर्साउन सक्नुपर्छ । रटेर दिने प्रश्न अनि गाइडमा कैद प्रश्नहरु अब परीक्षामा सोध्न बन्द गरिनु पर्छ । जसका लागि हामीले प्रश्नका ढाँचामा परिवर्तन गर्न जरुरी छ । प्रायःप्रश्न के मा सोध्ने गरिन्छ, जस्तै कोरोना भनेको के हो ? जसको उत्तर रटेर पनिदिन सकिन्छ । किन प्रश्नले केही हदसम्म विद्यार्थीलाई विषय वस्तुसँग जोड्छ । जस्तै कोरोनाकिन फैलिँदै छ ? तर, कसरी ले भने सोच्ने क्षमताको विकास गर्छ । जस्तै कोरोनाबाट हामीले हाम्रो परिवार अनि साथीहरुलाई कसरी बचाउन सक्छौं ?भन्ने खालका प्रश्न माहामीले विद्यार्थीभित्रको आइडिया, पृथकता अनिसृजनशीलता पहिल्याउन सक्छौं । विद्यार्थीले समाधान खोज्न सक्छ । यसका लागि ओपन बुक प्रणालीमा जाने बेला आइसकेको छ । विद्यार्थीले किताब हेर्दै लेख्न पाउने प्रणालीले विद्यार्थीको खोज अनि सिर्जनशीलतालाई दबाउँछ । आफूले लेखेको उत्तर कहाँबाट, कुन पेजबाट साभार गरिएको हो भनेर सिकाउन सके मात्र नयाँ कुरा खोज्न सकिन्छ । लिखित परीक्षाको मोडेलमै पनि परिवर्तन आवश्यक छ । विकल्पमा अन्तर्वार्ता, प्रस्तुतीकरण, भ्रमण रिपोर्ट, अध्ययन अनुसन्धान, अवलोकन, खोज, अन्तक्र्रिया, प्रोजेक्ट वर्क, सामाजिक कार्यमा नेतृत्व आदि हो । सामूहिक कार्यमा विद्यार्थीलाई सहभागी गराएर उनको काम मूल्यांकन त्यही टिमको सार्थीहरुबाट लिने विधि पनि अपनाउन सकिन्छ । यि कार्यले सिकाइको मर्म पनि मर्दैन अनि विद्यार्थीले पनि स्वमूल्यांकन गर्न पाउँछन् । हामी शिक्षकका कापी जाँचेर नम्बर दिनुलाई मात्र मूल्यांकन ठान्छौं, तर स्वमूल्यांकन नै सबैभन्दा ठूलो मूल्यांकन हो ।
परीक्षाको नतिजापनि सम्बन्धित विद्यार्थी अनि उसको परिवारले मात्र हेर्न पाउने प्रणाली ल्याउन जरुरी छ । परीक्षाको नतिजा सूचना पाटी वा फेसबुकमा राख्ने कुरा होइन । विद्यार्थी अनि उनका अभिभावक बाहेक अरुलाई कसैको परीक्षाको अंक किन आवश्यक छ र ? प्रतिस्पर्धा आफूसँग हो, अरुसँग होइन भन्ने कुरा शिक्षा क्षेत्रमा लागेका सबैले बुझन जरुरी छ । परीक्षा प्रणाली बदल्नका निम्ति कारोना एउटा अवसर बनेर आएको छ । अबहामीले परीक्षा प्रणालीलाई बदलेर नयाँ मूल्याकंन विधि अपनाउन जरुरी छ । तर फेरि, परीक्षा प्रणाली मात्र बदलेर हुँदैन । त्यही अनुरुपको पाठ्यक्रम अनि पढाउने विधि पनि बदल्न जरुरी छ । मूल्यांकन सिकाइको महत्वपूर्ण पाटो हो । परीक्षाले तीनवटा कामगर्न सक्नुपर्छ । पहिलो,विद्यार्थीको बुझाइको गहिराइ मापन गर्न सक्नुपर्छ । दोस्रो, मूल्यांकनले विद्यार्थीको उपलब्धि अनि प्रगति देखाउन सक्नुर्छ । तेस्रो, परीक्षाले विद्यार्थीीको लक्ष्य प्राप्तिमा सहयोग गर्न जरुरी छ । आज परीक्षा सिकाइको अन्त्य बनेको छ । परीक्षा शिक्षाको अन्त्य होइन, सिकाइकै अभिन्न पाटो बन्न सक्नुपर्छ । विद्यार्थीको बुझाइको मापन गर्न नसक्ने, उपलब्धि देखाउन नसक्ने, लक्ष्य प्राप्तिमा सहयोग गर्न नसक्ने परीक्षाको औचित्य रहँदैन । त्यसैले शिक्षाविद, शिक्षक, अभिभावकएवं सम्बन्धित क्षेत्रका विज्ञ सँगको व्यापक छलफल र बहस पछि परीक्षा प्रणाली परिवर्तन गर्न शिक्षा मन्त्रालय र वर्तमान सरकारले तत्कालै गृहकार्य सुरु गर्नुपर्छ ।