सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलकी ६५ बर्षीया ममनीदेवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आएर उनलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।