सूर्याेदयमा एमालेको वुद्धिजीवि परिषद् गठन

  आवाज स‌‌म्वाददाता

 सूर्योदय नगरपालिकामा नेकपा एमालेकाे  नेपाल वुद्धिजीवि परिषद नगर कमिटी गठन भएको छ ।

     नेकपा एमाले इलामका अध्यक्ष तथा प्रदेश एकका सांसद रामबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको एक भेलाले देवकुमार दाहालको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिवमा भुपाल खड्का, सह–सचिवमा सह सचिवमा अशाेक राई र कोषाध्यक्षमा भगवती घिमिरे चयन भएका छन् । सोही भेलाले वंशीधर दाहालको संयोजकत्वमा सात सदस्य सल्लाहकार समिति समेत गठन भएको स्थानीय रगुन गुरुङले जानकारी दिए । कार्यक्रम नगर कमिटी अध्यक्ष सावित्रा शिवाकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव महेश बस्नेत, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराई, लोकबहादुर थाम्सुहाङ, प्रकाश खनाल, युवराज वाषिष्ठलगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार