जब खुल्छ्न आँखा मेरा इलामलाई नै देख्छु
सपनिमा पनि मत इलामलाई नै भेट्छु
हरियो कार्पेटसगै हजुर पर्छु
सधैं शरण जन्म मेरो इलाम हजुर इलाम नै होस मरण
लुकामारी खेल्दै हुर्के त्यो बादलुसग
सबैभन्दा प्रिय लाग्ने त्यही हरियो रङ्ग
कति चिसो कति मीठो इलामको पानी
नेपालले नै मन पराउछ कुहिरोकी रानी
धेरै ठाउँ घुमियोनी देश हेर्न भनी
देखिएन सुन्दरता इलाम झै कहि पनि
सफा स्वच्छ हरियाली इलाम हाम्रो ठाउँ
जिउदै स्वर्ग हेर्ने भए आउ है इलाम
आउ आठ “अ” ले नै निम्तो दिन्छ्न तिमी आउने भए
स्वागत सत्कार न्यानो गर्छ्न अन्तु, कन्याम गए
माइस्थान र माईपोखरी प्रख्यात धार्मिक क्षेत्र
पाथीभरा नभुल्नु है आउदा इलाम भित्र
कति खुसी हामी यहाँ तिमी इलाम आउदा
गजुरमुखी दर्शन गरि आशिष् तिमीले पाउदा
माईबेनीको मेला भर्न आरामले झर्नु
कोसेलीमा ललिपप र चिया छुर्पी भर्नु
पानीटार बाटो हेरि बसिरहन्छ जहिल्यै
इलाम आउदा नछुटाउनु कुनै ठाउँ कहिल्यै
सन्दकपुर र जौबारीमा एक-एक रात बस्दै
बिदा गर्छ्न अतिथिलाई देउता मानी हास्दै
रहयो होला सम्झनामा हरियो चियावारी
हामी उस्तै प्रफुल्ल छौ तिमिलाई खुशी पारी
माईखोलाले बोलाउने छ फ़ेरि फेरि पनि
खुशी भयो सारा इलाम तिमी आयौ भनि
घुमाउरो बाटोलाई बाई-बाई गर्दै जानू
कोसेली त्यो चिया छुर्पी बाडिचुडी खानु।