समूह निष्किृय भएपछि खारेज भयो माइपोखरी धार्मिक वन

  आवाज स‌‌म्वाददाता

इलाम । रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल रहेको माइपोखरी अवस्थित रहेको माइपोखरी धार्मिक वन विघटन भएको छ ।
डिभिजन वन कार्यालयले स्थानीयलाई हस्तान्तरण गरेको धार्मिक वन विघटन गर्दै उपभोक्ता समितिबाट वन फिर्ता लिएको हो । धार्मिक वन उपभोक्ता समितिनै निस्कृय भएपछि धार्मिक वन खारेज गरिएको डिभिजन वन अधिकृत इन्द्रमणी भण्डारीले बताए । ‘धार्मिक वन हस्तान्तरण भएको समिति नै छिन्नभिन्न भएको रहेछ’, डिभिजन वन अधिकृत भण्डारीले भने, ‘समुहको साधारणसभा पनि छैन, नविकरण पनि छैन, लेखापरिक्षण पनि छैन, उपभोक्ता समितिनै निष्कृय भएपछि धार्मिक वन खरेज गरिएको हो ।’
माईपोखरी आसपासको बन क्षेत्रलाई २०६२ बैशाख १० गते धार्मिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको स्थानीय धार्मिक संस्थालाई धार्मिक वन हस्तान्तरण गर्नुपर्ने भएपनि माइपोखरी धार्मिक वन भने हस्तान्तरणकै चरणमा त्रुटि भएको डिभिजन वन अधिकृत बताउँछन् ।
‘जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघ संस्थालाई धार्मिक वन हस्तान्तरण गर्नुपथ्र्यो’, डिभिजन वन अधिकृत भण्डारीले भने,‘सुरुमा नै लुज फोरमलाई बन हस्तान्तरण गरिएको रहेछ ।’वन कार्यालयले खारेज गरेको धार्मिक वन क्षेत्रलाई अन्य सामुदायिक वन क्षेत्रमा गाभ्ने वन कार्यालयको तयारी छ । १२.२१ हेक्टर क्षेत्रफल रहेको धार्मिक वनलाई भेडिचोक सामुदायिक वन र भालुकटेरी सामुदायिक वनमा धार्मिक वन खण्डकै रुपमा व्यवस्था गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत यामबहादुर रुम्बाले बताए ।

     ‘त्यहाँ रहेको दुई सामुदायिक वनको व्यवस्थापन कार्यायोजना बनाएर धार्मिक वनको उद्देश्य मेल खानेगरी धार्मिक वन खण्डको रुपमा व्यवस्थापन गर्छौ’, सहायक वन अधिकृत रुम्बाले भने । डिभिजन वन कार्यालयले समुदायमा हस्तान्तरण गरेको सामुदायिक वन खारेजीमा चित्त नबुझे ३५ दिन भित्र प्रदेश वन निर्देशनालयमा उजुरी गर्न सकिन्छ । माइपोखरी धार्मिक वन खारेज भएको ३५ दिनको समयसीमा गुज्रिन लागेको छ । माइपोखरी धार्मिक वन समुहले धार्मिक वनको खारेजी गर्न सहमति दिएकाले कुुनै उजुरीको सम्भावना नभएको डिभिजन वन कार्यालयले जनाएको छ । धार्मिक वनको खारेजीले रामसार सूचिमा सूचीकृत माइपोखरीको सन्दर्भमा कुनै फरक नपार्ने डिभिजन वन अधिकृत भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार