म कुनै गुटमा छैन र सभापतिको दाबेदार पनि होइन : कांग्रेस उपसभापति गच्छदार

  आवाज स‌‌म्वाददाता

 

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सभापति पदमा नउठ्ने बताएका छन् । उनले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताए। बुधबार पत्रकार सम्मेलन गर्दै गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको बताए ।उनले दुबै जना मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफ्नाे चाहना रहेकाे बताए । ‘म कुनै गुटमा छैन र सभापतिको दाबेदार होइन ।’ पत्रकार सम्मेलनमा उनले भने ।

यस्लतै ललिता निवास प्रकरणमा जोडिएपछि सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा उपस्थिति नजनाएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले डेढ वर्षपछि पत्रकार सम्मलेन गर्दै आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।

ललिता निवास प्रकरणमा राजनीतिक दबाबका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेर आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गरेको बताएका हुन् । काठमाडौंको सिद्धार्थ कजेटमा बुधबार पत्रकार सम्मेलन गर्दै गच्छदारले भने,’मेरो ५० वर्ष लामो राजनीतिक जीवनमा धक्का लगाउने षड्यन्त्र स्वरुप मविरुद्ध आरोपत्र तयार गरियो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि राजनीतिक दबाबमा चल्दा आयोगले आफ्नो छवी समेत धुमिल बनाएको उनको भनाइ छ । ’सरकारको छायाका रूपमा काम नगरेको अवस्थामा आयोगले निष्पक्ष अनुसन्धान गर्नेमा दुई मत छैन । तर, मविरुद्धको आरोपपत्रमा उल्लेख विषय अध्ययन गर्दा षड्यन्त्र मात्रै हो भन्ने पुष्टि हुनेछ,’ उनले भने । ललिता निवास जग्गा प्रकरणमा आफूले कानुनभन्दा बाहिर गएर कुनै पनि काम नगरेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार