काेराेनाकाे खाेप सुनिश्चित गर्न २४ घण्टे अल्टिमेटम

  आवाज स‌‌म्वाददाता

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका विद्यार्थी संघ÷संगठनहरुले भौतिक कक्षा सञ्चालन सम्बन्धी अन्यौलता हटाउन र खोपलाई २४ घण्टा भित्र सुनिश्चित गर्न माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।
मरब क्याम्पसमा रहेका अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।
गत भाद्र ३१ गते त्रिभुवन विश्वविद्यालयले भौतिक कक्षा सम्बन्धी सूचना प्रकाशन गरेको थियो । तर क्याम्पसले सूचना मात्रै जारी गरेपनि आफ्नो कुनै पनि धारण सार्वजनिक नगर्नाले अन्यौलता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका साथै यसबीचमा विद्यार्थी संघ÷संगठन सम्बन्धी क्याम्पसकै कतिपय प्राध्यपकले अनर्गल प्रचार गरिएको प्रति आपत्ति जनाउदै उक्त कार्य नगर्न चेतावनी समेत दिएको छ । यसैगरि कोरोना भाइरस विरुद्धको खोप तत्कालै क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुलाई उपलब्ध गराउन समेत माग राखेको छ ।
कोरोना संक्रमणका समयमा सजकता अपनाउन प्रशासनलाई ध्यानाकर्षण गराएको तर क्याम्पसले विद्यार्थी संघ÷संगठनकै विरुद्धमा अनर्गल प्रचार गरेको दुखेसो विद्यार्थी संगठनको रहेको छ । यसैले प्रशासनसँगको छलफल कहिल्यै परिणाम नआएकाले आम विद्यार्थीलाई सशंकित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार