काठमाडौँ । नेकपा ९एमाले०का उपमहासचिव घनश्याम भुसालले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आफूहरुको चिन्ता नलिन आग्रह गरेका छन् ।
बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाइसिएल नगर भेलामा सम्बोधन गर्दै प्रचण्डले तेस्रो धारका नेताहरु धेरै दिन एमालेमा नटिक्ने अभिव्यक्ति दिएपछि भुसालले जबाफ फर्काएका हुन् । भुसालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौँ । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौँ ।”
प्रचण्डले काभ्रेको पाँचखालमा आयोजित वाइसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै तेस्रो धारका नेताहरु धेरै दिन एमालेमा नटिक्ने दाबी गरेका थिए । उनले भनेका थिए,“बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलोछिटो त्यहाँबाट निस्कन्छन् । त्यहाँ बस्ने ठाउँ छैन ।”