प्रमाण पुगे एकै दिनमा फैंसला


इलाम । जिल्ला प्रशासन कार्यालयबाट सुनुवाइ हुने मुद्दाहरु प्रमाण पुगे एकै दिनमा फैंसला हुन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आफूमार्फत हेर्नुपर्ने मुद्दालाई प्रमाण पुगेर आएका भए एकै दिनमा फैंैसला गर्न थालेको बताए । यो वर्ष अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ७ वटा र चालू आर्थिक वर्ष अर्थात साउन यता आएका १२ गरि १९ वटा मुद्दा रहेकामा सातवटाको फैंसला गरिसकेको बताए ।

‘अचेल कुनै पनि मुद्दालाई सकेसम्म चाँडो फैंसला गर्ने परिपाटी बसालिएको छ । प्रमाण जुटाउनु प¥यो भनेमात्र केही दिन लाग्छ ।’ प्रजिअ खड्काले भने ‘अखतियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको दुईवटा मुद्दा पनि फैंसला भइसकेका छन् ।’ जिल्ला प्रशासन कार्यालयमा आएका हेलो सरकार र नागरिक एपबाट आएका ४०१ मुद्दा मध्ये ३२० मुद्दा फछ्यौट भएको जनाइएको छ । ८१ वटा बाँकी छन् । हेलो सरकार र नागरिक एपमा नागरिकताको जन्ममिति नमिलेको, पुरानो ढड्डा सँग नमिलेको गुनासाहरु आउने गरेको प्रजिअ खड्काले बताए ।
प्रमुख जिल्ला अधिकारीकामा एक वर्ष भन्दा कम कैद सजाय हुने मुद्दा आउने व्यवस्था छ ।

प्रायः जसो शान्ति सुरक्षा सँग जोडिएका, सार्वजनिक स्थलमा हुने गरेका अभद्र व्यवहार सम्बन्धी मुद्दा आउने गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार