भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी (ब्वाइफ्रेन्ड)ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए ।
२०१२ को निर्भया सामूहिक बलात्कारको घटनापछि भारतमा बलात्कारको मुद्दामा कडा कानुनी व्यवस्था गरिएको छ । यद्यपि भारतमा यस्ता घटना भने कम भएका छैनन् । भारतको राष्ट्रिय अपराधको डेटाअनुसार २०२० मा भारतमा २८ हजार ४६ बलात्कारका घटना दर्ता भएका थिए । अझै पनि धेरै घटनाहरु प्रहरीमा आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने जानकारहरुले बताएका छन् ।