नेपाली कांग्रेसको १४ औं महाविधेशनअन्तर्गत पालिकास्तरीय चुनाबी नतिजा इलाममा सार्वजनिक भएका छन् । चुनाबी नतिजाअनुसार निर्वाचित हुनेमा युवा पङ्तिकाे वर्चस्व छ । यसपटक कांग्रेसले स्थानीय तह निर्माणपछि पहिलाे पटक निर्वाचन गरेकाे हाे । गुटगत रुपमा चुनाबमा हाेमिएकाे कांग्रेसले कतै सर्वसहमत रुपमा चुनाब जितेकाे छ त कतै एकै ठाउँमा बहु सङ्ख्यक उम्मेदवार मैदानमा थिए । गएकाे स्थानीय तहकाे निर्वाचनमा निर्वाचित स्थानीय तहका अध्यक्षले समेत गाउँपालिका सभापतिमा हार व्यहाेर्नु परेकाे छ । जिल्लाकाे फाकफाेकथुम गाउँपालिकाकाे घटना हाे याे। यस निर्वाचनमा रामकुमार श्रेष्ठ उपविजेता मात्र नभइ तेस्राेमा खुम्चिनु पर्याे । अन्य स्थानीय तहमा पनि अपेक्षा गरे अनुसारकै नतिजा झरेकाे देखिन्छ । पालिकास्तरीय मतले कतिपय ठाउँमा जिल्ला र स्थानीय तहमा कस्काे कस्ताे प्रभाव रहन्छ भन्ने पनि देखाएकाे छ ।
इलामका १० स्थानीय तहमध्ये यस पटक
इलाम
इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छन् ।
सूर्योदय
सूर्योदय नगरपालिकाको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले १०७ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी मणिकुमार गुरुङ ७९ र सोनाम छिरिङ काजी ६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी भएका छन् । सचिवमा अनुप राई र सुशील ढुङ्गेल विजयी भएका छन् । देउमाई
यस्तै देउमाई नगरपालिकाको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा ताराकुमार राई र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय भएका हुन् । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले १११ र कटुवालले १०६ मत ल्याएका छन् ।
माई
उता माई नगर सभापतिमा हेम बहादुर लिम्बु विजयी भएका छन। लिम्बले निकटतम प्रतिद्वन्द्वी ठगिन्द्र गिरी (पुष्प) लाई २५ मतले उछिन्दै विजयी भएका हुन् । लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले । ६३ मत प्राप्त गरेका छन । उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।
दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले १ सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् । त्यस्तै दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्ले (अर्जुन) विजयी भएका छन् ।
सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी धन बहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याए । माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गरेका छन्। सह सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गरिन् । कुल १ सय ६७ जनाले मतदान गरेका थिए ।
नगर सभापतिका आंकाक्षी हेम बहादुर लिम्बु डम्बर खड्का र केशब थापा निकट मानिन्छन् भने पुष्प गिरीलाई हिमालय कर्मचार्य र भेषराज आचार्य आफु निकट मान्छन् । जिल्ला सभापतिको टिम अनुसार नै नगरमा पनि टिम बनेको थियो ।
माङ्सेबुङ
माङ्सेबुङमा चन्द्र साम्बा निर्बाचित भए
चुलाचुली
चुलाचुलीमा राजेन्द्र केरुङ सर्बसम्बत चयन भएका हुन ।
फाकफोकथुम
फाकफोकथुम गाउँपालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित भएका छन् । उनले ६४ मत पाएका छन् । थापा वडा नं. ६ का वडाध्यक्ष समेत हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी टेकविर नेम्बाङले ५७ र रामकुमार श्रेष्ठले ५० मत प्राप्त गरेका छन् । श्रेष्ठ फाकफोकथुम गाउँपालिका अध्यक्ष समेत हुन् ।
माईजोगमाई
माईजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । बेदप्रसाद चापागाईलाई हराउँदै माईजोगमाई काँग्रेसको नेतृत्वा पाएका हुन् । देवानले ७९ मत प्राप्त गर्दा चापागाईले ४० मत मात्र प्राप्त गरे । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्रकुमार देवान निर्वाचित भएका छन् ।
भट्टराईले ९२ मत प्राप्त गर्दा देवानले ७३ मत प्राप्त गरे । अर्का उम्मेदवार राधाकृष्ण पोखरेलले ६० मत मात्र प्राप्त गरे । सचिवमा प्रदिप खड्का र देविप्रसाद अधिकारी निर्वाचित भएका छन् । खड्काले ८० मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाए । रोहित थेवेले ५७ मत मात्र प्राप्त गरे ।
जम्मा १२१ मतदाता रहेको माईजोगमाईमा २ मत बदर भएको थियो ।
रोङ
रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी भएका छन् । सुवास तामाङलाई २० मतले पछि पार्दै हरि बुडाथोकी बिजयी भएका हुन् ।
सन्दकपुर
सन्दकपुर गाउपालीकामा तुलाराम गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङ सन्दकपूर गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । शनिबार भएको पालिका अधिवेशनबाट गुरुङ निर्वाचिन भएका हुन् ।
तुलाराम गुरुङले ३८, अर्का सभापतिका प्रत्यासी धनबहादुर खाम्दाकले ३३ र वालकृष्ण गुरुङले २१ मत प्राप्त गरेका छन् । गुरुङ नेपाली कांग्रेस जिल्ला सभापतिका प्रत्यासी डम्बर खड्का पक्षधर नेता हुन् ।