सोलु ।सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको ढिस्को झरी एक जना मृत्यु र दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा रामकृष्णको ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटि गई थप अनुन्धान गरिरहेको छ ।