इलाममा कांग्रेस महाधिवेशन : पालिकामा पाैडेल पक्ष हावी, देउवा पक्ष कमजाेर

  आवाज स‌‌म्वाददाता

इलाममा पौडेल पक्षको वर्चश्व देखिएको छ। १० वटा पालिकामध्ये सात वटामा आफ्नो पक्षका सभापति चुनेर कांग्रेस गाउँ–नगर अधिवेशनमा रामचन्द्र पौडेल पक्षले आफ्नो वर्चश्व कायम गरेको छ।

इलाममा १३ औं महाधिवेशन ताका पनि पौडेल पक्ष नै बलियो थियो। जिल्लाका चार वटा नगर समितिमध्ये तीन वटामा पौडेल पक्षका सभापतिले जितेका छन्। इलामका तीर्थ गुरुङ, सूर्योदयका जीवन नेपाल र देउमाई नगर सभापतिमा निर्वाचित दिलिप कार्की पौडेल पक्षका हुन्। माइ नगरपालिकामा भने देउवा पक्षका होमबहादुर लिम्बूले जितेका छन्।

गाउँपालिका समितिमध्ये माङसेबुङमा चन्द्र साम्बा, सन्दकपुरमा तुला गुरुङ, रोङका हरि बुढाथोकी, र चुलाचुलीका राजेन्द्र केरुङ पौडेल पक्षका हुन्।फाकफोकथुमका डिकबहादुर थापा, माइजोगमाईका नरेन्द्र देवान देउवा पक्षका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार