सानीमा लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई दाबीभुक्तानी रकम हस्तान्तरण

  आवाज स‌‌म्वाददाता

सानीमा लाइफ इन्स्योरेन्स इलाम शाखाद्वारा आफ्नो कम्पनीबाट बिमा गर्ने दुई जनाको परिवारलाई दाबीभुक्तानी रकम हस्तान्तरण गरेको छ । केहीसमयअघि सानीमा लाइफ इन्स्योरेन्सबाटै बिमा गरेका कपिल मल्लिक र मनिशा तामाङको परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
मल्लिकको परिवारलाई ४२ हजार रुपैयाँ र तामाङको परिवारलाई २० लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । सो रकम जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, जिल्ला कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवा र इन्स्योरेन्सका इलाम शाखा प्रमुख दीपकराज ओलीले संयुक्तहरू हस्तान्तरण गरेका थिए ।
तामाङको कोरोनाका कारण गत साउन महिनाको १६ गते मृत्यु भएको थियो भने मल्लिकले गत बर्षको माघ ११ गते आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार