स्वीस राजदुतद्वारा सिचाई आयोजना अनुगमन


इलाम  । स्वीजरल्याण्डकी राजदुत एलिजावेथ वोन क्याप्लरले स्वीस सरकारको सहयोगमा निर्माण भइरहेका सिचाई आयोजनाको निरीक्षण गरेकी छन् ।

इलाम र पाँचथरमा निर्माण तथा सञ्चालन भइरहेका आयोजनाहरुको क्याप्लरले सोमबार र मंगलबार निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा मंगलबार इलाम नगरपालिका आइपुगेकी राजदुत क्याप्लरले इलाममा निर्माण भइरहेका सिचाइं आयोजना र अन्य परियोजनाले नागरिकमा पु¥याएको सहयोग प्रति आफू खुशी भएको प्रतिक्रिया दिइन । क्याप्लरलाई इलाम नगरपालिकामा प्रमुख महेश वस्नेतले स्वागत गर्दै इलाममा स्वीस सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरुको बतारेमा जानकारी गराएका थिए ।

स्वीजरल्याण्ड सरकारको सहयोग र नेपाल सरकारको साझेदारीमा इलाम नगरपालिकाका विभिन्न वडामा १२ वटा योजना सञ्चालनको चरणमा छन् । इलाम नगरपालिका– १ मा ४८ लाख रुपैयाँको लागतमा झुत्रे साँखेजुङ सिचाइं आयोजना र वडा नम्बर – ११ मा ४१ लाख निरफोक सिचाइं योजना सम्पन्न भएका छन् । यस्तै ४ सिचाईं योजना निर्माण चरणमा रहेका छन् भने छ वटा नयाँ योजना चालू आर्थिक वर्षमा सम्झौंता भई सञचालनमा आउने साना सिचाईं परियोजनाका केशव लामाले जानकारी दिए । निर्माण चरणमा रहेका र नयाँ सम्झौता हुने योजनाको कूल लागत भने ७ करोड ५७ लाख रेहको छ । स्वीस सरकारकै सहयोगमा रहेको आप्रवासी कामदारका लागि सामी परियोजनाका बारेमा पनि राजदुतलाई जानकारी गराइएको थियो ।

यसैगरि आयोजना निरिक्षणकै लागि सोमबार बेलुका सूर्योदय नगरपालिका आइपुगेकी राजदुत क्याप्लरले निर्माण भएका सिचाइं आयोजनाको अवस्था र त्यसले पारेको प्रभावका विषयमा जानकारी लिएकी थिइन् । सूर्योदय नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा कराजदुत क्याप्लरले नगरपालिकामा स्वीस सरकारको सहयोगमा भइरहेका कार्यक्रमहरुका बारेमा र नगरपालिकाले अघि सारेका नयाँ ढंगका कार्यक्रमको जानकारी लिएकी थिइन् ।

नगरप्रमुख रणबहादुर राईले नगरपालिकामा सञ्चालन भइरहेका सूर्योदयलाई समृद्ध र उत्कृष्ठ नगरपालिका बनाउने, फोहोर मैला व्यवस्थापन, चियाबारी पदमार्ग, दिगो तथा सम्मानित रोजगारका लागि शीप, वैदेशिक रोजगार सम्बन्धी सामी परियोजना, नगरपालिकालाई प्रविधिमैत्री, बनाउने लक्ष्य लगायत नगरपालिकाले तयार गरेको नगर विकास सम्बन्धी आवधिक योजना तथा कार्यक्रमहरुको विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौड्यालले अहिले निर्माण भएका सिचाइं आयोजनाले बेमौसमी तरकारी र कृषि उत्पादनको वृद्धिमा राम्रो प्रभाव पारेको बताए । पौड्लले कृषिलाई बजारीकरण सँग जोड्दै अबको पाँच वर्ष साना सिचाइंको कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखिएको बताए । उनले सुरक्षित आवास कार्यक्रमलाई सहयोग पुग्ने गरि नयाँ ढंगको भू–उपयोग नीति कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए । पौड्यालले नगरपालिकामा आधुनिक कृषि तथा यान्त्रिकरणलाई जोड दिएर किसान लक्षित अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए ।

राजदुत क्याप्लरले नगरपालिकास्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, कृषि तथा शिक्षा शाखाबाट सञ्चालित कार्यक्रमहरुका बारेमा जानकारी लिएकी थिइन् ।

अन्तरक्र्रिया पछि आयोजनाको निरिक्षण गर्दै राजदुत क्याप्लरले आयोजनाबाट आफू निकै सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् । सूर्योदय नगरपालिकामा ७ करोड ८० लाख रुपैयाँको लागतमा २० वटा साना सिचाइं आयोजना निर्माण तथा सञ्चालनका क्रममा रहेका छन् । यस्तै इलामका रोङ, सन्दकपुर, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका, देउमाइ र माई नगरपालिकामा स्वीस सरकारको सहयोग र नेपाल सरकारको साझेदारीमा साना सिचाइं योजना निर्माण भइरहेका छन् । पाँचथरका पनि ६ वटा पालिकामा साना सिचाइंको काम भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार