अनेरास्ववियू इलामको जिल्ला अधिवेशन मंसीरमा

इलाम । अनेरास्ववियु जिल्ला कमिटि ईलामको २३ औं जिल्ला सम्मेलन आउने मंसिर १७ र १८ गते इलाम सदरमुकाममा हुने भएको छ । आज सम्पन्न कमिटीको कार्यालय बैठकले सम्मेलनको टुङ्गो लगाएको हो ।

सम्मेलन आयाेजक कमिटिकाे सचिवमा कार्यालय सदस्य मनाेज साँबालाई जिम्मेवारी प्रदान गरेकाे छ । त्यस्तै वैठकले कार्यालय कमिटी भङ्ग गर्दै ९ जनालाई सहसचिव, एक जनालाई काेषाध्यक्ष र एक सचिवालय सदस्यलाई कार्यालय सचिव ताेकेकाे छ ।

सचिन राय, अतीत याेङहाङ, सम्झाना राई, गाेपाल आचार्य, मुना धिताल, निशेष राई, दर्शन राई, सुमन दियाली र अर्जुन याेङहाङलाई सहसचिव ताेकिएको छ ।

त्यस्तै काेषाध्यक्षमा शुसान्त चापागाईं र कार्यालय सचिवमा विशाल कार्कीलाई जिम्मेवारी प्रदान गरिएकाे छ । हालकाे सचिवालय र जिल्ला कमिटि सदस्य भने आयाेजक कमिटि सचिवालय र सदस्यमै रहनेछन् ।

वैठकले आउने कार्तिककाे २६ गते अनेरास्ववियु जिल्ला कमिटिकाे पूर्ण भेला तथा प्रशिक्षण कार्यक्रम आयाेजना गर्ने र त्यसै दिन स्थानीय पालिका कमिटि र सम्भव भएका क्याम्पस र मावि कमिटिका नामावलि जिल्ला कमिटिमा पेश्ने निर्णय गरेकाे छ ।

जिल्लाका निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र कमिटि र जिल्लास्थित सबै क्याम्पस र मावि कमिटीको गठन तथा अधिवेशन भने जिल्ला सम्मेलनकाे १५ दिन अगावै सक्ने निर्णय गरेकाे छ ।

त्यस्तै आउने असाेज २० गते भित्र सबै पालिका, क्याम्पस तथा माविहरुमा सम्बन्धित कमिटिद्वारा सरसफाइ कार्यक्रम गर्ने समेत निर्णय गरेकाे छ ।

त्यस्तै बैठकले सम्मेलन सम्पनार्थ केन्द्रीय स्थायी कमिटि सदस्य, सचिवालय सदस्य, केन्द्रीय सदस्य, राष्ट्रिय परिषद सदस्य, जिल्ला कमिटि पदाधिकारी, सचिवालय साथै सदस्यहरूलाई आर्थिक जिम्मेवारी ताेकेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार