११ लाख भारु सहित सूर्याेदय नगरपालिकाका एक व्यवसायी पक्राउ

  आवाज सम्वाददाता


इलाम । ११ लाख रुपियाँ भारतीय नोट सहित इलामको सूर्योदय नगरपालिकाका १० का एक व्यवसायी पक्राउ परेका छन् । सूर्योदय नगरपालिका १० का अनुप अग्रवाललाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले भारतीय रुपियाँ सहित पक्राउ गरेको हो ।
मे १ च ६४२४ कार चेकजाँच गर्ने क्रममा अग्रवालको साथबाट ११ लाख रुपियाँ भारतीय नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । भारतीय नोट सहित पक्राउ परेका अग्रवाललाई थप अनुसन्धान र कार्वाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । अग्रवालले फिक्कल बजारमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
इलाम जिल्लामानै भारतीय नोटको सटही काउन्टर छैन । सटही काउन्टरको अभाव व्यक्तिहरुलेनै नोट सटही गर्ने गरेका छन् । अग्रवालले समेत सटही काउन्टर बिनै भारतीय नोट साट्ने गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार