शहिदहरुको सहादत स्थल सुखानी पार्कमा सरसफाइ

माई  । शहिदहरुको सहादत स्थल सुखानी पार्क  मंगलवार सरसफाइ गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजना र राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिको सहआयोजनामा  शहिद पार्क सरसफाइ  गरिएको हाे । शहिद पार्कलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउन रङ्ग रोकन सहित सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिका अध्यक्ष कुमार लिम्बूले जानकारी दिए ।

सरसफाइ अभियानमा माईका मेयर दिपककुमार थेवे, उपमेयर बिष्णु माया आचार्य, नेकपा एमाले माई नगर कमिटीका पदाधिकारी, युबा संघ नेपालका कुमार लिम्बू, अनेरास्ववियु इलाका गोपाल आचार्य लगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो  । नेपालीहरुको महान चाड वडादशैंको सम्मुख पारेर जिल्ला भरिका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम गर्ने अनेरास्ववियुको निर्णय बमोजिम सरसफाइ कार्यक्रम आयोजना गरिएको बताइएको छ । वि स २०२९ फागुन २१ गते तत्कालीन पंञ्चायती सरकारले झापाबाट इलाम जेल सार्ने बहानामा कम्युनिस्ट आस्था भएका शहिदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुईकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सुखानीमा गोली हानी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार