इनपा २ ले उन्नतजातको बाख्रा वितरण गर्यो

  आवाज संवाददाता


इलाम।इलाम नगरपालिका वडा नं. २ ले व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्नका लागि किसानलाई उन्नतजातको बोयर जातको बीउ बाख्रा वितरण गरेको छ ।
गाउँमै उन्नत जातको बाख्रा उत्पादन गर्नका लागि किसान र किसानको समूहलाई छ वटा बोयर जातको बीउ बाख्रा वितरण गरिएको वडाध्यक्ष नारद लम्सालले बताए । वडा कार्यालयमा आयाेजत कार्यक्रममा वडाध्यक्ष नारद लम्सालले किसानहरुलाई बाख्रा वितरण गरेका थिए । आगामी दिनमा अन्य किसानहरुलाई पनि वितरण गरिने उनले बताए ।
इलाम नगरपालिकाका वडाहरुले वडामा विनियोजित बजेटबाट किसानलाई लक्षित गरी बीउ वितरण गर्ने, सुँगुर, बाख्रा, गाई वितरण गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार