इलाम । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले इलामको देउमाई नगरपालिकाको मंगलबारे बजारमा शाखारहित सेवा विस्तार गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको शाखारहित बैंकिङ सेवाको उद्घाटन देउमाई नगरपालिकाका प्रमुख सूर्य पाख्रेलले विहीबार गरेका छन् ।
मंगलबारेमा शाखारहित बैंकिङ सेवा विस्तारसँगै देशभरि राष्ट्रिय वाणिज्य बैंकको यस्तो सेवा ९९ सय पुगेको राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाका प्रमुख लाक्पादिक्की शेर्पाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ मंगलबारेको प्रतिनिधि, इलामका प्रहरी कार्यालयका प्रतिनिधि र बैंकका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।