माई नगरपालिकाका सात वडामा एमालेकाे प्रशिक्षण

माई । माई नगरपालिकामा एकै दिन सात वटा वडामा अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन ।
अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा करिब चार दर्जन ब्याक्तिहरु नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजबादी पार्टी परित्याग गरि एमाले प्रवेश समेत गरेका छन् ।  माई -१, २, ३, ४, ५, ७ र १० नम्बर वडामा कार्यक्रम सम्पन्न भएको थियो ।  माई-१ को कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य रबिन्द्र सुवेदी, जिल्ला कमिटी सदस्य  लिला राई, माई नगरपालिका पार्टी संयोजक मुखराज आङ्देम्बे लगायतले प्रशिक्षण दिएका थिए ।  कार्यक्रमको अध्यक्षता वडा कमिटी संयोजन बिष्णु राईले गरेका थिए ।
माई-२ मा जिल्ला कमिटी सदस्य रत्न बहादुर अधिकारीको प्रशिक्षण, उर्दबहादुर राईको अध्यक्षता र राजेन्द्र निरौलाको सन्चालनमा सम्पन्न भएको थियो।
त्यस्तै माई -३ मा नेकपा एमाले जिल्ला कमिटी सचिव तथा ईलाम नगरपालिकाका मेयर महेश बस्नेत, जिल्ला कमिटी सचिवालय सदस्य तथा माई नगरपालिका उपमेयर बिष्णुमाया आचार्य लगायको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।
त्यस्तै माई-४ मा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम माननीय प्रदेश साँसद काजीमान कागते,  जिल्ला कमिटी सदस्य एवम् सुर्योदय नगरपालिकाका सह ईन्चार्ज नरेश तामाङ्ग र जिल्ला कमिटि सदस्य डिल बम्जन, नगर कमिटी सदस्य देबि नेपाल, ४ नम्बर वडा अध्यक्ष सुर्य प्रसाद दुलाल लगायतले सहजीकरण गरेका थिए । वडा कमिटी सह संयोजक प्रेमप्रसाद दुलालको अध्यक्षता तथा सचिव टेक बहादुर लुङ्गेलीको सन्चालनमा प्रशिक्षण सम्पन्न भएको थियो।
बडा नम्बर-५ मा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा माईका मेयर दिपककुमार थेवेको प्रमुख सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो। वडामा नेपाली कांग्रेस  र मावोबादी केन्द्र परित्याग गरि ११ जना एमालेमा प्रवेश गरेका लाई मेयर थेबेले खदा ओडाएर स्वागत गरेका थिए  ।
त्यस्तै माई-७ मा नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुव श्रेष्ठ, माई नगर कमिटी सदस्य हेम लायो मगर लगायतले प्रशिक्षण दिएका थिए ।
त्यस्तै माई-१० मा नेकपा एमाले ईलामका अध्यक्ष एवम् प्रदेश साँसद राम राना, सचिवालय सदस्य बुद्धि खनाल लगायतले प्रशिक्षण गर्नु भएको थियो  । माई-१० मा बिभिन्न पार्टी परित्याग गरि २५ परिबार एमालेमा प्रवेश गरेका छन् ।  नब प्रबेशीहरुलाई अध्यक्ष राना, सचिवालय सदस्य खनाल लगायतले खदा लगाएर स्बागत गरेका थिए  । माईका सात वडामा करिब करिब पाँच सय अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
माई वडा नं -६, ८ र ९ मा केही दिनमा अगुवा कार्यकर्ता भेला गर्ने एमालेले जनाएको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार