इलाम । इलामको माङसेबुङबाट ट्याक्टर, ट्याक्टर चालकसहित अवैध काठ पक्राउ गरिएको छ ।
माङसेबुङ गाउँपालिका –१ फेवाखोलाबाट अवैध काठ तस्करी गरिरहेको बेला ट्याक्टरसहित चालक पक्राउ गरिएको प्रहरीले जनाएको छ । मे १ त ४१०३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक मिलन निरौला र ६ र ७ फिट लम्बाईको बटम काठ ८० थान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको ट्याक्टर र चालकलाई अनुसन्धानका लागि इलामका प्रहरी कार्यालय मंगलबारेमा राखिएको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । थप अनुसन्धान र कार्वाहीका लागि सवडिभिजन वन कार्यालय माङसेबुङमा पठाउने तयारी भइरहेको पनि बताइएको छ ।